बिराटनगर । 

सुनसरी र झापाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इटहरी उप–महानगरपालिका–४ मा लागूऔषध बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले दमक नगरपालिकाण्१ झापाका बदन लिम्बुले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित औषधीLUPIGESIC, DIAZEPAM र PHENERGAN  गरी १ सय ८८ एम्पुल बरामद गरेको हो ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका–१० नागाडुब्बाका ४८ बर्षीय कृष्ण राजवंशीको घरको कोठा खानतलासी गर्दा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धीत कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।