सुनसरी ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । सोमवार (आज) पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएका साईकल यात्री मेहताको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक काठमाडौं दक्षिणकाली–५ का ४० बर्षीय निरन्जन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।