भद्रपुर ।
मानव तस्करी तथा लागू पदार्थ ओसार–पसार न्यूनिकरण गर्ने उद्देश्यले नेपाल–भारत सिमावर्ती भद्रपुर–गलगलिया क्षेत्रमा अन्तरक्रिया सम्पन्न भएको छ । एविसी नेपाल, साना हातहरु, विश्व सेवा, शसस्त्र प्रहरी सिमा सुरक्षाबल भद्रपुर, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त पहलमा कार्यक्रम भएको हो ।
छलफलमा खुल्ला सिमानाका कारण मानव तस्करी तथा दुव्र्यसन नियन्त्रण जटिल भएको निष्कर्ष निकाल्दै दुवै देशका सरोकारवालाहरुबीच आपसी समन्वय भए असंभव भने नभएको बताएका छन् ।
नेपालतर्फबाट मानव बेचविखन, ओसार–पसार, लागू औषध दुव्र्यसन न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएका सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भद्रपुर नगरपालिकाका उपप्रमुख, नेपाल–भारत मैत्री संघका प्रतिनिधि र सिमावर्ती भारतको गलगलिया सिमानाकास्थित शसस्त्र सुरक्षा बलको संलग्नता रहेको अन्तरक्रियामा नेपालतर्फबाट सहभागि प्रतिनिधिहरुले गलगलियामा लागू औषध विक्री सहज भएका कारण नेपालमा समस्या सृजना भएको भन्दै भारतीय सुरक्षाकर्मीको ध्यानाकर्षण गराएका थिए ।
नेपाली प्रतिनिधिको कुरा सुनेपछि भारतीय एसएसबी कमाण्डर सुरेन्द्र सिंहले नेपालले कहिले पनि खराब काम नगर्ने बताउँदै आफूले नेपालको सदा सम्मान गर्ने बताए । पैसा लिएर सही कारोबार गर्नेलाई आफूले सम्मान गर्ने बताउँदै खराब काम गर्नेलाई आतंककारीका संज्ञा दिने बताए । भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले मानव तस्करी र दुव्र्यसन समस्या भएको भन्दै नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरिन् ।
नेपाल प्रहरीका सन्तोषकुमार बुढाथोकी र शसस्त्र प्रहरीका रामकुमार घिमिरेले वर्तमानमा मानव तस्करी र दुव्र्यसन सम्बन्धीका घटनाबारे तथ्यगत अवस्थाबारे जानकारी गराएका थिए ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका प्रमुख लोकराज ढकालले मानवीय सेवाका क्षेत्रमा काम गर्ने रेडक्रस सदैव मानवीय सेवा संवेदनशिलताका क्षेत्रमा काम गर्न तत्पर रहेको बताए । सो अवसरमा भद्रपुर नगरपालिका वडा नंं–७ का वडाध्यक्ष अभिशेक ढुङ्गानाले सिमा क्षेत्रमा हुने अपराध हुने कारण, र मानव तस्करी तथा दुव्र्यसनमा संलग्न हुनुको कारण, त्यसले घर परिवारमा निम्त्याउने समस्या र उनीहरुको मानसिकता जस्ता विषयमा आफ्नो अनुभव शेयर गरेका थिए । साना हातहरु नेपालका प्रतिनिधि जगत बाग्ले, एबीसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल सिटौलालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
विक्रम वाग्लेले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर नगरपालिका सामाजिक विकास शाखाकी जिवनकला राउत, नेपाल भारत मैत्री संघकी केन्द्रीय सदस्य ज्योति न्यौपाने, मानव अधिकारका लागि एकल महिलाकी अध्यक्ष रेखा अधिकारी, एबिसी नेपालकी जिल्ला सचिव देवीका बस्नेत लगायतले आ–आफ्नो धारणा राखेका थिए । संगीता रौनियारले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको अन्तरक्रियामा पारेकी थिइन ।