सुनसरी ।

सुनसरीको रामधुनी नगरपालिका–४ स्थितबाट भन्सार छलेर गरी अवैध रुपमा नेपाल भित्राएको कपडाहरु प्रहरीले नियन्त्रण गरेको छ ।

इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाको प्रहरी टोलीले रामधुनी–४ स्थित भित्रि सडक खण्डमा अबैध रुपमा भन्सार छलेर सडक छेउमा राखेको अवस्थामा ७ सय ८४ पिस कुर्था सुरुवालको कपडाहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव ४ लाख ३४ हजार मुल्य बराबरका कपडाहरु आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।