बिर्तामोड ।
उद्यमशीलताको विकास गर्ने उद्देश्यले झापाका दुई युवाले मेटल इन्डष्ट्री सञ्चालन गरेर एक सय जनालाई रोजगारी दिने तयारी गरेका छन् । बिर्तामोड–१ मा नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनी सञ्चालन गर्दै एक सय युवालाई रोजगारी दिने तयारी थालिएको हो ।
बाह्रदशी गाउँपालिका – ३ का नवीन भण्डारी र गौरादह नगरपालिका चेतनाथ निरौलाले उक्त कम्पनी सञ्चालनमा ल्याएका हुन् । करिब साढे तीन कारोड रुपैयाँ लगानी गर्दै सञ्चालनमा ल्याइएको मेटल इन्डष्ट्रीमा शुरुवाती चरणमा २० जना युवालाई रोगजारी प्रदान गरिएको र इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी थालिएको सञ्चालक भण्डारीले बताए । मेटल इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा आएसंगै एक सय जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिने भण्डारीको भनाई छ ।
नेपालमा चलेका बीग मार्ट, गार्डेन मार्ट, सुपर मार्केट र हाइपरमार्केट, स्कूल तथा कलेजका आधुनिक मोडलमा डेक्स बेञ्च समेत उत्पादन गर्ने गरी इन्डष्ट्री सञ्चालनमा ल्याइएको बताइएको छ ।