दानावारी । 

माई  नगरपालिका–४ दानावारी इलामका एउटै परिवारका दुई सदस्य जटिल रोगका कारण थलिएपछि उपचार उपचारमा समस्या भएको छ ।  उपचार खर्च नभएपछि रोग लुकाएर आँसु बगाउँदै बस्नुपर्ने बाध्यतापछि उनीहरु कन्तविजोग अवस्था छन् ।  स्थानीय कमलादेवी नेपाल अन्ननलीमा ट्युमर भएपछि समस्यामा छिन् । ६८ वर्षीया नेपालले उपचार गराउन नखोजेकी होइनन् । तर, पैसा नभएपछि उनी घरमै बस्न विवश छिन् ।

७१ वर्षीय उनका श्रीमान् तारानाथ नेपालसँग पनि उपचार खर्च जुटाउने कुनै उपाय छैन् । ‘यो विपदले हामी निमुखालाई पहिरोको पीडामा आगलागी जस्तो भएको छ’ तारानाथले भने । नेपाल परिवारले आफन्त, छरछिमेकी र मनकारीबाट थोरै भएपनि सहयोगको अपेक्षा गरेको छ । सानो सहयोगले आमा छोराको उपचारमा सहयोग मिल्ने तारानाथले बताए । उनले आफ्नो खाता नम्वर पनि उपलब्ध गराएका छन् ।

खेती किसानीका भरमा गुजारा चलाउँदै आएको नेपाल परिवार आर्थिक रुपमा धेरै कमजोर छ । कतैबाट पैसा निकाल्ने उपाय नभएपछि आमाको उपचार गराउन नसकिएको छोरी पम्फा दाहालले बताइन् । ‘कसैले सानो सानो रकम सहयोग गरिदिए पनि आमा र दाजुको उपचार गराउन सकिन्थ्यो कि भन्ने आशा छ’ छोरी पम्फाले भनिन्, ‘रोएर बस्नुपर्ने यो विडम्वना हामी जस्ता गरिवका लागि मात्रै हुँदोरहेछ ।’ अलि अलि भएको पैसा पनि सकिएपछि नेपाल परिवार अब कसरी उपचार गराउने भनेर विलखबन्दमा छ ।

एकातिर कमलादेवीलाई आफू थलिएको पीडा त छँदैछ, अर्कातिर माइलो छोरा लोकनाथ नेपाल पनि ब्रेन ट्युमरका कारण समस्यामा छन् । जजमानको काम गरेर गुजारा चलाउँदै आएका लोकनाथका अगाडि पनि यस्तो अग्लो पहाड उभिएको छ, त्यो भनेको चरम आर्थिक अभाव हो । अर्ध वेहोस् जस्तो अवस्थाबाट लोकनाथले दैनिकी गुजारिरहेका छन् । उनका आँखा पनि हेर्दाहेर्दै कमजोर भइसके । ‘आमा र दाजुको अवस्था सम्झिँदा भक्कानो परेर आउँछ’, पम्फाले भनिन्, ‘कोही मनकारीले गरिदिने सानो सहयोगले पनि हाम्रो परिवारको उपचारमा सहयोग मिल्ने थियो ।’

यस्तो छ परिवारको अपिल

आदरणीय हाम्रा आफन्त, छिमेकी र सम्पूर्ण मनकारी मनहरू हाम्रो हारगुहार सुनिदिनुहोला । किनकि त्यसै त हामी बनिबुतो गरेर गुजारा चलाइने परिवारका हौँ । त्यसमाथि हामीमा एकैपटक दुई ठूला ठूला बज्रपात भएको छ । एकै समय आमा छोरा दुबैलाई विरामी भएर ओछ्यानमा छन् । यो विपदले हामी निमुखालाई पहिरोको पीडामा आगलागी भएको जस्तो भएको छ । मेरी श्रीमती कमलादेवी नेपाललाई खाना नलीमा ट्युमर भएकोले पानी पनि निल्न सक्दिनन् ।

माइलो छोरो लोकनाथ नेपाललाई ब्रेनको ट्युमर भएर ढलेको छ । उपचार गराउन त परको कुरा अस्पतालसम्म लैजाने पनि खर्च छैन हामीसँग । त्यसैले हजुरहरूसँग र ईश्वरसँग हारगुहार मागिरहेका छौँ ।

कृपया हामीलाई सहयोग गरेर एक जनालाई भएपनि बचाउन सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौँ ।

परिवारको तर्फबाट बाबु

तारानाथ नेपाल फोन – 9817067152

माइ नगरपालिका–४

दानाबारी इलाम ।

खाता नम्बर – तारानाथ नेपाल सानीमा बैंक, माई शाखा इलाम 052010810000285