झापा ।
झापाका बिभिन्न स्थानबाट प्रहरीले अवैध सामानहरु नियन्त्रण्मा लिएको छ । प्रहरीले मेचीनगरको बसपार्क छेउ, कुमरखोद गौरिगञ्ज गाउँपालिकालगायतका स्थानबाट अवैध सामाग्रीहरु नियन्त्रणमा लिएको हो ।
मेचीनगर नगरपालिका वडा नं.६ बसपार्क छेउबाट भारतदेखि नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदैं गरेको कुर्था र लेगिजको कपडाहरु, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं. १ स्थित बेलैनिबारीबाट भारतदेखि अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको तेल, चिनि, सख्खर पक्राउ गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले गौरिगञ्ज गाउँपालिका वडा नं.१ कुञ्जिबारीबाट भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर द्यच्–घठ–प्ढढद्दद्ध नं.को मोटरसाईकलमा ल्याउदै गरेको कपडा र उक्त नं.को मोटरसाईकल, ईलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका वडा नं.५ जनताचौकमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ३ वटा साईकलमा लोड गरी ल्याउदै गरेको टेन्ट हाउसको कपडाहरु साथै ३ वटा साईकलहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचिनगर नगरपालिका वडा नं.६ स्थित पालिया नयाँ बसपार्क छेउबाट भारतदेखि अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको कपडाहरु बरामद गरी जम्मा ३ लाख ७४ हजार रुपैयाँ बराबरको सबै सामानहरु आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।