बिर्तामोड ।
बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो ।
स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेलगौतम लाई वडाले ठेला भ्यान वितरण गरेको हो । उनीहरुलाई ३५ हजार गोटाका ठेला भ्यान वितरण गरेको वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए।
मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरिएको वडासचिव टिका अधिकारीले बताए । वडाबाट ठेला भ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताइन् । श्रीमान वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आएकी गौतमले अव यसमा चटपटे लगायतका परिकार बेच्ने भन्दै खुशी व्यक्त गरिन् ।
वडा कार्यालयले प्रत्येक वर्ष विपन्न रोजगार कार्यक्रम अन्तर्गत रहेर अतिविपन्न परिवरलाई सहयोग पुर्याउँदै आएको छ ।