झापा । 

बैकिङ कसुर मुद्दामा फरार रहेका झापा कमल गाउँपालिका वडा नम्बर ३ का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलास इलामको मिति २०७९/०२/१८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दमा फरार रहेका ५० बर्षिय फडिन्द्र पन्धाकलाई प्रहरीले पक्राउ गरेको हो । 

फरार पन्धाकलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ पक्राउ गरेको हो । पक्राउ परेका पन्धाकलाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि उनलाई कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फरार रहेका पन्धालाई ७ दिन कैद र १३ लाख २० हजार तोकिएको छ भने पिडित राहत कोषमा ५२ हजार ८०० रुपैयाँ जम्मान गर्नु पर्ने जनाइएको छ ।