चारपाने । 

गत फगुन ५ गतेबाट शुरु भएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा मेचीनगरका दुई व्यक्तिले ट्याक्टर खरिद गरेका छन् । महोत्सव स्थलमा रहेका अटो मोवाइल्स स्टलबाट सोनालिका ट्याक्टर बिक्री भएको सञ्चालक अनुशील थापाले बताए । 

सोनालिका ट्याक्टरको २६ एचपी फोर डब्लू डी ट्याक्टर बिक्री भएको व्यवस्थापक प्रकाश कोइरालाले बताए । ट्याक्टर मेचीनगर ३ का सन्देश राई र मेचीनगर ५ का राजेन्द्र मिश्रले ट्याक्टर महोत्सव स्थलबाट खरिद गरेका हुन् । 

देशकै सबैभन्दा चलेको र उत्कृष्ठ भएको सोनालिका ट्याक्टर रोजेको खरिदकर्ता राईले बताए । ट्याकटर खरिद गर्दा महोत्सवस्थलबाट हलो निःशुल्क गरिएको बताइएको छ । २५ हजार मूल्य बरावरको हलो महोत्सव अफरका रुपमा प्रदान गरिएको व्यवस्थापक कोइरालाले बताए । 

आध्याश्री इन्टरनेशनलले झापा सहित पूर्वका कृषक तथा व्यवसायीलाई ट्याक्टर ट्याक्टर बिक्री बितरण गर्दै आएको छ ।