झापा ।
झापाको दक्षिण झापा गाउँपालिका वडा नं. १ लसुनाबाट प्रहरीले अवैध बाख्रासहित पिकअप गाडी र दुईजनालाई पक्राउ गरेको छ ।
नेपाल भारत सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले मे.१ च.४७३३ न.को पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा ७७ हजार ५०० रुपैयाँ बराबरका ३१ वटा बाख्रा अवैध रुपमा नेपालबाट भारततर्फ लैजादैं गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पिकअप गाडी १० लाख रुपैयाँ बराबरको गरी जम्मा १० लाख ७७ हजार ५०० रुपैयाँ बराबरको बाख्राहरु, गाडी र सोही गाडीको चालक झापा गाउँपालिका–३ का २६ बर्षिय सेख असरत र २९ बर्षिय रकमुदिन मियालाई समेत नियन्त्रणमा लिइएको जनाईको छ ।
नियन्त्रणमा लिएको बाख्रा गाडी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।