- चन्द्र बस्नेत
कनकाई ।
प्रदेश न १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले सधैं कृषकहरुको साथमा प्रदेश सरकार रहेको बताएका छन् । झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा आयोजित एक दिने कृषि मेला प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री सिटौलाले प्रदेश सरकार कृषकको साथमा रहेको बताएका हुन् । उनले कृषकहरुले उत्पादन गरेका सामग्रीको अवलोकन गर्दै प्रदेश सरकार कृषकहरुका लागि अब उत्पादनमा केही समस्या नहोस र सामाग्री कसरी बढी भन्दा बढी उत्पादन गर्ने कुरामा प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कृषि प्रदर्शनी मेलाको अवलोकन गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले कृषकहरुले उत्पादन गरेका सामाग्रीले स्थानीय तहलाई थप उत्साहित बनाएको र आगामी दिनमा नगरले कृषि तथा पशु–चौपायाको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिवद्धता गरेका छन् । नगर प्रमुख पोख्रेलले नेपाल कृषि प्रदान देश भएकाले उत्पादन गरेका सामाग्री मेलामा प्रदर्शनीका रुपमा राखीएका उत्पादित सामाग्रीको प्रचारप्रसार गरि कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्न सकन्छ कृषि बिज्ञसँग जानकारी लिन नगर वासीलाई आग्रह समेत गरे ।
उनले नगरबासीको कृषि तथा पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएर लागेको पटक पटक दोहोर्याएका थिए। कनकाई नगरपालिका ३ स्थित निर्माणधिन नयाँ कृषि बजारमा लागेको मेला नगरको आर्थिक सहयोग तथा कारितास नेपालको आयोजना भएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिए।
मेलामा कृषकहरुले उत्पादन गरेका तरकारी बाली, अन्य अन्न पात, उत्पादित अचार, मह गरि १७ प्रकारका सामाग्रीका साथै लोपोन्मुख कृषि औजार मदानी, ढिकी–जातो, हलो–जुवालगायतका सामग्री साथै आधुनिक कृषि औजार कुटो कोदालो, पसनि, काटा स्प्रे ट्याग्की लगायत दर्जन बढी औजारका र तिक निर्माण सामग्री होलो ब्लक, इन्टरलक अन्य खेलौनाका सामग्रीको समेत प्रदर्शनीमा राखिएको कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिए। मेलामा आईपिएम खेती प्रवद्र्नलाई कसरी उत्पादन मुखी बनाउन सकिने पहिलो प्राथमिकतामा राखिएको कृषि प्राविधिक कट्टेलले जानकारी दिए।
मेलामा अलग्गै २१ वटा स्टलको व्यवस्थापन गरिएको विभिन्न विधामा प्रतियोगित्मक उत्पादित सामग्रीका उत्कृष्ट कृषक त्यसैगरी उत्पादित कृषि सामग्रीसँग सम्बन्धित गीत प्रस्तुत गर्ने ४० जना कृषक तथा कृषक समुहलाई क्रमशः पहिलो , दोश्रो , तेस्रो र सान्त्वना स्वरुप ४० जनालाई नै कृषिमा प्रयोग हुने सामग्रीको पुरस्कारका रुपमा वितरण गरिएको कारितास नेपालका प्रादेशिक प्रमुख देवेन्द्र पोख्रेलले जानकारी दिए।
मेलामा नगरका साथै जिल्ला र जिल्ला बाहिर ईलाम र मोरङका कृषक समूह, विभिन्न फर्म तथा उत्पादक अगुवा कृषकहरुको सहभागीता रहेको जनाइएको छ । कृषि मेला स्थानीय बिद्यार्थीले उत्पादन गरेका अचार, विभिन्न जातका फलफुलका विरुवाहरु निःशुल्क वितरण समेत गरिएको थियो । मेलामा सहभागी कृषक समुहका लागि निःशुल्क यातायात तथा स्टल उपलब्ध गराएको नगर कर्मचारी विजय पाठकले जानकारी दिए।
कृषकहरुलाई उत्पादन बजारीकरणमा प्रोत्साहन गर्ने उदेश्यले मेलाको आयोजना गरिएको कनकाई नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिए । कृषि मेला प्रदर्शनी कार्यक्रममा उप–प्रमुख आशा शर्मा शिवाकोटी, नगर प्रशासन शाखाका प्रमुख विवेक भण्डारी, जिन्सी शाखाका प्रमुख भोजराज आचार्य, नगर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गाल, नगर कृषि शाखा प्रमुख यदुकुमार उप्रेती, वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, वडा न ५ का अध्यक्ष कृष्ण बहादुर राई, जनप्रतिनिधि, विभिन्न सघ÷सस्थाका प्रमुख तथा प्रतिनिधि नगरका विभिन्न कर्मचारीसहित हजारौंको सख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।
नगर प्रमुख पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उप–प्रमुख शिवाकोटी र सञ्चालन कारितास नेपालका कृषि प्राविधिक कट्टेलगरेका थिए ।