बिराटनगर।

संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउँ मोरङको निरीक्षण गरेका छन् ।  उनले निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी तालिम केन्द्रको आवाश, मेस तथा भौतिक पूर्वाधारको अवलोकन  समेत गरेका छन् । 

मोरङको सुन्दरहरैचा नगरपालिका–८ गोठगाँउमा नव निर्मित प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा अवलोकन गर्दै उनले कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् । निरीक्षण भ्रमणको क्रममा तालिम केन्द्रका सह–समादेक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतिकरण समेत गरेका थिए । 

त्यस्तै संगठन प्रमुख प्रहरी महानिरीक्षक सिंहले आसरा सुधार केन्द्र पानवारी धरानको समेत निरीक्षण भ्रमण गरेका छन् । निरीक्षणका क्रममा उनले सुधार केन्द्रको भौतिक संरचना, मेस, बिद्यार्थीहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गरे ।

उनले बिद्यार्थीहरुलाई लागू औषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नु पर्ने उत्प्रेरणात्मक सन्देश दिएका थिए । केन्द्रमा भर्ना भएका बिद्यार्थीहरुलाई सौहार्दपुर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको बताए ।  केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त रहेर कार्य सम्पादन गर्न समेत निर्देशन दिएका थिए ।