झापा । 

ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले झापाको दमकबाट अवैध सामान नियन्त्रणमा लिएको छ । 

प्रहरीले आज दमक नगरपालिका वडा नं.५ गोर्खाली टोल स्थित पूर्व पश्चिम राजमार्गमा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याई वेवारिसे अवस्थामा छाडी राखेको ३ लाख २२ हजार ६०० रुपैयाँ बराबरको खाद्यन्न, पेय पदार्थ, रङ र जुत्ताहरु फेला नियन्त्रणमा लिएको हो । 

बरामद गरिएको सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।