बिराटनगर ।

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सुनसरीको ईटहरी उप–महानगरपालिका–१० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटिमा सवार ईटहरी–१० का ४० बर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

त्यसैगरी आज मोरङको बेलबारी नगरपालिका–१ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदाँ घाईते भएका साईकल यात्री बेलबारी( २ का १९ बर्षीय लेखनाथ चौहानलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।

आज झापाको कनकाई नगरपालिका( १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाईकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड(२ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिदाँ घाईते भएका मोटरसाईकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका(४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

सबै दुर्घटनामा संलग्न सवारी साधनहरु र चालक प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।