बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा कप्स एण्ड बोतल्स  क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिर्तामोडका तीन जना युवाहरुको लगानीमा सञ्चालनमा आएको क्याफेको र्याप गायक आशिष राना (लाहुरे) ले बुधवार(आज)  उद्घाटन गरेका हुन् । स्थानीय युवा अमित खड्का, अर्जुन संग्रौला र योगेश अधिकारीको संयुक्त लगानी ६० लाखमा क्याफे सञ्चालन गरिएको जनाइएको छ । 

क्याफेमा बिशेष गरेर मट्का बिरयानी, चिकेन समोसा, मट्का चियालगायत इन्डियन सवै प्रकारका खाना तथा नास्ता पाइने सञ्चालन खड्काले बताए । बाँस, खर र काठको प्रयोग गरेका निर्माण गरिएको क्याफेमा बैदेशिक रोजगारीमा जानेलाई बारिस्तालगायतको तालिम दिने सञ्चालक खड्काले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, संघका सदस्य जीवन खड्कालगायतको उपस्थिति रहेको थियो । क्याफेमा २० जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ ।