बुट्टाबारी ।
मनमाया आमा बालगृह अर्जुनधारा –११ बालबालिकाहरुलाई गौरब भट्टराईले स्टिल दराज प्रदान गर्दै एक छाक खाना खुवाएर जन्मोत्सव मनाएका छन् ।
बिर्तामोड ९ गरामनीका त्रिलोचन भट्टराईका छोरा गौरव भट्टराईको १२ औ जन्मोत्सव बन्दी सहायता नेपाल द्वारा संचालित मनमाया आमा बालगृहका १८ जना बालबालिकाहरुलार्इ एक छाक खाना खुवाउदै नानीहरुको आवश्यक सामग्री राख्न छ कोठा भएको स्टिल दराज प्रदान गरेका हुन् ।
बालबालिकाहरुलाई आवश्यक सामान र खाना खुवाएर छोरा जन्मोत्सव मनाएको आमा कमला बिष्ट भट्टराईले बताईन् । अनावश्यक खर्च गरि जन्मदिन बनाउनु भन्दा आवश्यक र समस्या भएका बालबालिका, वृद्ध, असहायहरुलाइ सहयोग गरि मनाउन मन लागेको बताउँदै त्यहाँ आएर सहयोग गर्दा र खाना खादा खुसी लागेको गौरवले बताए ।
त्यसैगरि नेपाल मगर बौद्ध सेवा समाज समिति झापाको तर्फबाट विभिन्न कार्यक्रमबाट सकलित २०० केजि चामल र नगद दुई हजार ५ सय बालगृहका बालबालिकाहरुका लागि अध्यक्ष जयेन मगरले हस्तान्तरण गरेका छन् । बालगृहमा आइ सामाजिक ब्याक्तित्वहरु सामाजिक उतरदायित्व अन्तर्गत सस्थाका बालबालिकालाई सहयोग गरेको भन्दै बन्दी सहायता नेपाल पुर्वान्चल शाखा झापाका अध्यक्ष जगतबहादुर मगरले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव रन्जित परियारले गरेका थिए ।