बिराटनगर ।
बिराटनगर १५ र १६ बाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
लागू औषध ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर १५ र १६ मा भारतबाट नेपालतर्फ आउँदै गरेका को ३१ प ६६५३ नम्बरको मोटरसाईकलमा सवार ट्याम्केमयुम–२ भोजपुरका ३४ बर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर र प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाईकलमा सवार धरान–५ का २९ बर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको सम्वन्धित प्रहरी कार्यालयले थप अनुसन्धन गरिरहेको प्रहरीले जनाएको छ।