झापा ।
झापाका बिभिन्न स्थानबाट प्रहरीले अवैध सामाग्री नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर, बाह्रदर्शी र गौरीगञ्ज गाउँपालिकाबाट अवैध कपडासहित विविध सामाग्री नियन्त्रण्मा लिएको हो ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले मेचिनगर–०७ ईटाभट्टाबाट भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदैं गरेको ३६ हजार रुपैयाँ बराबरको ४४ पिस कुर्थी, २५ पिस म्याक्सी र ४४ पिस हाप पाईन्ट नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय राजगढको प्रहरी टोलीले जिल्ला झापा बाह्रदर्शी गाउँपालिका वडा नं.१ मा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदैं गरेको १७ हजार ६०० रुपैयाँ बराबरको ४ बोरा चिनी र २ बोरा मैदा बरामद गरेको छ ।
त्यसैगरी मेचीनगर नगरपालिका वडा नं.६ मा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय नकलबन्दाको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदैं गरेको १५० केजी युरिया मल र मेचीनगर –५ बाट १० प्याकटे पाउडर दुध, १६ वटा नाईलन झुल, १ वटा गाडी छोप्ने त्रिपाल र ५० वटा पातलो ब्लाङकेटहरु अन्दाजी ३७ हजार ५०० रुपैयाँ बराबरको सामानहरु बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले गौरीगंज गाउँपालिका–४ स्थित दशगजा क्षेत्रको गेउरिया खोलाको किनारामा भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याएर वेवारिसे अवस्थामा लुकाई राखेको नौ हजार ८०० रुपैयाँ बराबरको २८ पिस मार्बल टाइल बरामद गरेको छ ।
नियन्त्रणमा लिएका अवैध सामाग्री आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा र भद्रपुर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।