मोरङ।
मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्। सुन्दरहरैचा–५ स्थित भित्री सडक खण्डमा प्रदेश १–०२–०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा–५ का ५० बर्षीय चक्रबहादुर श्रेष्ठको बिराटनगरको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै बिराटनगर–४ स्थित राजमार्गमा प्रदेश १–०२–०४२ प ६०४९ नम्बर र लु १८ प ५४५६ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका बिराटनगर–४ का २६ बर्षीय प्रकाश महतको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको हो ।
घाईते भएका बिराटनगर–५ का २४ बर्षीय अमन खान र अर्घाखाँची सन्धिखर्कका ४८ बर्षीय बिष्णु परियारको सोही अस्पतालमा उपचार भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।