बिराटनगर ।

सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा सवरी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  सुनसरीको हरीनगरा गाँउपालिका–१ स्थित हुलाकी सडक खण्डमा  को २५ प ८८०९ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेकि भारत अररियाका सुबोध मुखीयाको ७ बर्षीया छोरी नैना कुमारी मुखियालाई ठक्कर दिदा घाईते भएकि मुखियाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

त्यसैगरी रामधुनी नगरपालिका–७ स्थित भित्री सडक खण्ड को २ त ५५८१ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका रामधुनी–७ का १६ बर्षीय कृष्ण चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न रहेका मोटरसाईकल चालक हरीनगरा–२ का २१ बर्षीय सदाम अन्सारी र ट्याक्टर चालक रामधुनि–७ का ३५ बर्षीय लब चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिहेको प्रदेश प्रहरीले जनाएको छ ।