झापा ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त प्रहरी टोली र ईलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले टोलीले छुट्टाछुट्टै स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको एक लाख रुपैयाँ बराबरको सामाग्री नियन्त्रणमा लिएको छ ।
प्रहरीले झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. ४ र झापा गाउँपालिका वडा नं.१ र २ को सिमाना बेलायतीबारीबाट उक्त अवैध सामाग्री नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले गौरीगञ्ज–४ बारासुतिस्थित बासको झाङको छेउमा रहेको पुरानो जिर्ण अवस्थाको गाईगोठमा अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याएर राखेको अवस्थामा अन्दाजी ५० हजार रुपैयाँ बराबरको २५ थान प्लाष्टिकको टेबलहरु वेवारिसे अवस्थामा आइतवार (आज) फेला पारेको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.१ र २ सिमाना बेलायतीबारीबाट अन्दाजी ५० हजार रुपैयाँ बराबरको ३५ जोर फुटवल जुत्ता भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।
नियन्त्रणमा लिएका दुवै सामानहरुलाई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।