झापा । 

बिरता लेडी जेसीज जनवरी २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ । काठमाडौँमा सम्पन्न भएको लोम लिडर्स एकाडेमीको समापन समारोहको अवसर पारेर वीरता लेडी जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो ।

उक्त अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवारले सयुक्त रुपमा शाखाकी अध्यक्ष संगीता गिरीलाई अवार्ड प्रदान गरेका थिए । 

पदभार ग्रहण गरेपछि निरन्तर अभियानमा जोडिएको यस शाखाले गरेको कार्य सम्पादनको आधारमा जनवरी महिनाको अवार्ड प्राप्त गरेको हो । शाखाले विभिन्न तालिमसहित सम्मानलगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो । 

अवार्ड प्राप्तसँगै शाखाकी अध्यक्ष संगीता गिरीले  शाखाको गरिमालाई निरन्तरतासँगै आगामी दिनका लागि अझ हौसला प्राप्त भएको बताएकी छिन् ।