झापा ।
झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित पुर्व पश्चिम राजमार्गबाट अवैधकपडासहित पिकअप र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक देवानन्द मिश्रको कमाण्डको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे.१ज.२८०४ नं. पिकअप गाडीमा अवैध रुपमा ल्याउदै गरेको विभिन्न किसिमका कपडासहित गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले १४ लाख ८० हजार ७७८ रुपैयाँ बराबरको सारी लगायतको कपडाहरु सोही गाडीका चालक हल्दीबारी गाउँपालिका वडा नं.२ का २४ बर्षिय जनक कर्मकार र अन्दाजी २ लाख रुपैयाँ बराबरको उक्त पिकअप गाडी समेतलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रित गाडी, चालक र कपडा आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।