झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्कबाट भञ्सार छलेर ल्याएको अबैंध सामान प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर–६ स्थित बसपार्कबाट  भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको सामाग्री नियन्त्रणमा लिएको हो । 

प्रहरीले ८ पिस सारी, ५५ पिस बच्चाको जामा र ३२ पिस ठुलो साईजको जामा  नियन्त्रणमा लिएको जनाएको छ । उक्त अवैध सामान ४० हजार रुपैयाँ बराबरको जनाइएको छ ।

नियन्त्रणमा लिएको सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।