• रन्जित परियार

 सुरुङ्गा । 

बालगृहहरुको महासंघ प्रदेश नम्बर १ ले उप–सभामुख इन्दिरा राना मगरलाई सम्मान गरेको छ । महासंघले उप–सभामुख मगरलाई कनकाई नगरपालिका–१ सुरुङ्गामा  एक समारोह बिच सम्मान गरेको हो । 

३३ बर्षदेखी विभिन्न कारागारमा रहेका अभिभावकहरुसँग आस्रित  बालबालिका तथा असहाय बालबालिकाहरुलाई आवाससहित शिक्षा स्वास्थ्य र सीप प्रदान गर्दै ११ बालगृह र दुई बिद्यालय सञ्चालन तथा कारागारमा रहेका महिला बन्दी तथा पुरुष बन्दीहरुलाई आवश्यक सीप र अन्य सहयोग अनवरत रुपमा कार्य गर्दै आएकी सामाजिक अभियन्ता मगर हालै सम्पन्न निर्वाचनबाट समानुपातिक प्रतिनिधि सभा सदस्य हुँदै उप–सभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुख मगरलाई सामाजिक संस्थाको गरिमा बढाएको भन्दै सम्मान गरिएको अध्यक्ष नैनकला न्यौपानेले बताइन् ।  

कार्यक्रममा अतिथि कनकाई नगरपालिकाकि उप–मेयर आशा शर्मा शिवाकोटी, कनकाई वडा नं. ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, नागरिक अगुवा सम्भुप्रसाद पोख्रेल, महासंघ सदस्य नारायणप्रसाद पोख्रेल, मिनादेबी बराल, प्रकाश थापा, बालकृष्ण थपलिया,अर्जुन थेबे, कृष्ण दुलाललगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

स्वागत महासंघ सदस्य भगिरथा चापागाईले गरेको कार्यक्रमको सन्चालन सचिव जीवन घिमिरेले गरेका थिए ।