झापा ।
प्रहरी चौकी शरणामतीको प्रहरी टोलीले अवैध सामान नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला झापा गाउँपालिका वडा नं.७ सिमलबारीमा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको बिभिन्न सामान बरामद गरेको हो ।
प्रहरीले चिनि अन्दाजी ७० केजी, कुरमुरे ४९ प्याकेट, विडी १० प्याकेट गरी जम्मा अन्दाजी १० हजार ५६० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको सामान आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।