बिराटनगर ।

उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले कटारी नगरपालिका–४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी–३ का कुमार सुनुवारलाई नाईट्राभेट–२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुलसहित पक्राउ गरेको हो ।

त्यस्तै बिराटनगर महानगरपालिका–१२ मा वडा प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले बेलबारी नगरपालिका–४ का २७ बर्षीय अजय राईलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्यावलेट र नाईट्रोसन १० ट्यावलेट फेला परेकोले पक्राउ गरिएको छ ।

प्रतिबन्धित औषधीसहित पक्राउ  परेका उनीहरुको सम्वन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।