अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकाले सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा राना मगरलाई सम्मान गरेको छ । सभामुख घिमिरे अर्जुनधारा – ६ र उप–सभामुख राना वडा नम्बर ११ निवासी हुन् । दुबै जनालाई शुक्रबार (आज) एक समारोहका बिच गृह नगर अर्जुनधाराले सम्मान गरेको हो ।

सभामुख घिमिरे र उप–सभामुख रानालाई सम्मानपत्रसहित नगर प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत गिता राईले सम्मान गरेका हुन् । सम्मानित ब्यक्तित्वको बारेमा निवर्तमान प्रदेशसभा सदस्य बृख प्रधानले प्रकाश परेका थिए ।

कार्यक्रममा सभामुख घिमिरे र उप–सभामुख रानाले आ–आफ्नो भनाई राखेका थिए ।  सम्मान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजिक संघ सस्थाका प्रतिनिधि, जनप्रतिनिधिसहित नगरबासीहरुको उपस्थिति रहेको थियो ।