झापा ।
ईलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित जुनेली बस्तीका २० बर्षिय सुरज मगर जर्गा र बुद्धशान्ति–५ शान्तिनगरका ३८ बर्षिय अमृत श्रेष्ठ रहेका छन् ।
सुरज मगर जर्गालाई शंका लागेर उनको घरको कोठामा चेकजाँच गर्दा खाट मुनी रहेको कालो रंगको प्लास्टिकमा प्रतिबन्धित लागूऔषध जस्तो देखिने SPASPAIN लेखेको ट्यावलेट ५५ पत्ता, TRAMADOL HYDROCHLORIDE लेखेको ५५ पत्ता, र स–साना प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ अन्दाजी २ ग्राम ६४० मिलिग्राम फेला पारी परेको प्रहरीले जनाएको छ ।
उनलाई सोधपुछ गर्दा अमृत श्रेष्ठ समेत सम्लग्न रहेको खुलेसँगै दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।