झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं.३ का २४ बर्षिय ऐतराज इवा र सोही स्थानमा २७ बर्षिय प्रकाश खाती रेहका छन् ।
उनीहरुलाई शंका लागेर चेकजाँच गर्ने क्रममा ऐतराज इवाले दाहिने हातमा बोकेको अण्डाको क्यारेडमा रहेको १२ वटा अण्डा मध्ये बिचमा रहेको एउटा अण्डालाई सानो दुलो बनाई भित्री भाग फालेर हरियो रङको प्लाष्टिकको पोकामा लागू औषध खैरो हेरोईन जस्तो देखिने ५ ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
सो लागू औषधसहित नियन्त्रणमा लिएर दुबै जनालाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।