काँकरभिट्टा ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले ५० हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ गैरिगाँउमा भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको ५० हजार रुपैयाँ बराबरको १० थान सर्टको थान कपडा र २० पिस सल नियनत्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अबैध कपडा आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काकडभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।