झापा ।
लागूऔषध मुद्दामा वारेन्ट जारी भएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वारेन्ट पुर्जी जारी भई लागूऔषध मुद्दामा फरार रहेका झापाको मेचीनगर नगरपालिका वडा नं.१ का २९ बर्षिय सनत भन्ने नवराज राना मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको चलानी नम्बर ८७८० मिति २०७८/१०/२६ गते वारेन्ट पुर्जी जारी भएर फरार रहेका मगरलाई प्रहरी चौकी तिरिङ्खोलाको प्रहरी टोलीले उनकै गाउँघरमा लुकिछिपि बसिरहेको अवस्थामा गत माघ २८ गते पक्राउ गरेको हो ।
पक्राउ गरिएका मगरलाई अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार बुधवार पुर्पक्षको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।