झापा ।  

बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा अचारका परिकार बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा जगदम्बा टोल विकास संस्थाले आयोजना गरेको तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागी ६० जनालाई दिनानाथ शिवाकोटीले प्रशिक्षण दिएका थिए । २ दिनसम्म चलेको उक्त तालिममा व्यवसायिक रुपमा अचार बनाउने सिप प्रदान गरीएको जगदम्बा टोल विकास संस्थाका अध्यक्ष बिक्रम बस्नेतले जानकारी दिए । उनले टोलका महिला सदस्यहरुलाई ३०/३० जनाका दरले २ समुह बनाएर तालिम प्रदान गरिएको बताए।

तालिम उद्घाटन कार्यक्रममा वडाध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरि वाँस्कोटा, लक्ष्मी रोक्का  धनसरी राजवंशी लगायतको उपस्थिति रहेको थियो ।