झापा ।
झापाको दमक नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबाट प्रहरीले बिभिन्न अबैध सामाग्री नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले झापा गौरीगंज गाउँपालिका वडा नं. ६ बारासुती भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको ५० पिस कुचो, तेजपत्ता ३ बोरा पक्राउ गरेको छ ।
त्यस्तै गौरीगञ्ज ५ रतुवा खोलामा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको २ बोरा मैदा ७ हजार ५०० रुपैयाँ बराबरको सामानहरु, ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले जिल्ला झापा दमक नगरपालिका वडा नं. ६ बस पार्क स्थित सार्वजनिक यातायातहरुमा चेक जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको फुटवल जुत्ता ३३ जोर, लेडिज जुत्ता २९ जोर, रसभरी ८ काटुन, Dew, Lays / खिर मिक्स मसला ९५ पिस .५३ हजार रुपैयाँ बराबरको सामानहरु बरामद गरेका छ ।
बरामद गरिएका सबै सामानहरुलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बूझाउने तयारी भईरहेको जिल्ला प्रैहरी कार्यालय भलापाले जनाएको छ ।