मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिका १० खोर्साने चोकबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खोर्साने चोकमा फास्टफुट सञ्चालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरले लागूऔषध सेवन तथा बिक्रि बितरण गर्दै आईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाईल फेला पारी पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका मगरको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।