झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ गैरिगाँउबाट ४० हजार रुपैयाँ बराबरको अवैध सामाग्री प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मंगलबार (आज) भारतदेखि नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको १ बोरा कपडा बरामद नियन्त्रणमा लिएको हो । 

नियन्त्रण गरिएको उक्त कपडा आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।