काँकरभिट्टा । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले अवैध सामान नियन्त्रणमा लिएको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नं. ६ गैरिगाँउबाट  भारतदेखि नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै ६० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । 

प्रहरीले उक्त रकम बराबरको १७ थान थानको कपडा र ५० प्याकेट बिडि बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।