मोरङ।

मोरङको बिरानगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन् ।

  इलाका प्रहरी कार्यालय रानी (सिमा) को प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सरबरीयालाई शंका लागि चेक जाँचको क्रममा स्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैयाँ नेपाली नोटसहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकम सहित पक्राउ परेका सरबरीयालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।