बिराटनगर।

उदयपुर, झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–४ मा चेक जाँचको क्रममा  सोही स्थनका २० बर्षीय सुदिप चेम्जोङ र ज्ञानेन्द्र केरुङलाई ३ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१५ बाट भारतबाट नेपाल आउँदै गरेका उदयपुरका २४ बर्षीय रोशन परीयारलाई लुपिजेशिक, ऐभिल, डाईजेपाम र फेनरगन गरी २० एम्पुलसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताको प्रहरी टोलीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको मे १ ख ३०५४ नम्बरको बसमा सवार रहेका त्रियुगा नगरपालिका–१३ का १९ बर्षीय पासर राईलाई सिट मुनि लुकाई राखेको डाईजेपाम, फेनारगन र ब्रुफिनोफिन समेत गरी ४८ एम्पुल औषधीसहित पक्राउ गरिएको हो । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।