झापा ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले भारत लादै तथा नेपाल ल्याउँदै गरेका बिभिन्न किसिमका अवैध सामाग्री पक्राउ गरेको छ । प्रहरीले बिभिन्न किसिमका ७४ हजार रुपैयाँ बराबरको अवैध विभिन्न सामान बरामद गरेको हो ।
प्रहरीले झापा मेचीनगर नगरपालिका वडा नं. ६ बसपार्क छेउबाट भारतदेखि नेपालतर्फ अबैध रुपमा ल्याउदै गरेको १४ हजार रुपैयाँ बराबरको जुत्ता चप्पल नियन्त्रणमा लिएको हो ।
त्यस्तै मेचीनगर–७ गैरीगाँउमा अबैध रुपमा भन्सार छलेर नेपालबाट भारततर्फ लादैं गरेको ३० हजार रुपैयाँ बराबरको कस्मेटिक सामानहरु मेचीनगर–साठीबिघाबाट अबैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउदैं ३० हजार रुपैयाँ बराबरको ५ कार्टुन चकलेट पक्राउ गरेको छ ।
नियन्त्रणमा लिएको सामाग्री आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।