• चन्द्र बस्नेत

कनकाई । 

झापाको कनकाई २ स्थित सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुहमा भएको एकदिने तालिम सम्पन्न भएको छ ।कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसँगै वडा नं. २ मा तालीमको आयोजना गरिएको हो ।

बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका संयोजक धनबहादुर वनको अध्यक्षतामा भएको तालिममा कनकाई वडा न २ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वलराम राई ( प्रताप)ले तालीमको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष  राईले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन वडावासी कृषकलाई प्राथमितामा राखेर आर्थिक वर्षको वजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले बढीभन्दा बढी वडाबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै वडाबासीको पशुधन सुरक्षामा वडा गम्भिर भएको बताए । सुकेडाँगी सामुदायिक वनको आयोजना तथा जिल्ला भेट्नेरी अस्पताल तथा पशु विज्ञ केन्द्र भद्रपुर झापाको सहयोगमा सम्पन्न तालिममा साहारा नेपाल साकोसका पशु चिकित्सक डा.कमलेश्वर भाटले सहजीकरण गरेको वडा न २ वडा सदस्य  निशा मगरले जानकारी दिइन् । तालिममा ४० बढी वडाका अगुवा बाख्रा पालक कृषक सहभागी रहेका थिए । 

वडा न १ र २ का कृषकहरुलाई लाभान्वित गराउँने उदेश्यका साथ २ वटै वडामा तालिमको आयोजना गरिएको र बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सदस्य लोकनाथ दुलालले जानकारी दिए । बृहत बाख्रा ब्लक अन्तर्गत यो वर्ष २ वडामा २२ वटा खोरका साथै मोटसहित २० वटा च्याप कटर मिसिन पनि वितरणको तयारीमा रहेकोे कार्यक्रमका सयोजक वनले जानकारी दिए ।

बाख्रा कृषकहरुका लागि पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट यतिबेला घुम्ती शिविर साथै निःशुल्क औषधि वितरण समेत भईरहेको र यो कार्यक्रम भोलि मंगलबारसम्म जारी रहने नगर पशुपन्छी शाखा प्रमुख कुलप्रसाद गुरुङले जानकारी दिए ।

नगरले यतिबेला सबै वडामा पशु स्वास्थ्यशिविर समेत चलाईरहेको छ । शिविरमा गाईभैंसीको बाँझो पनको परिक्षण साथै आवश्यक औषधि वितरण गरिदै आईएको बताएको छ ।  सुकेडाँगी सामुदायिक वनकी सचीव  गोमा बोहोरा ( निरौला) ले स्वागत गरेको कार्यक्रमको सञ्चालन वन समूहका कोषाध्यक्ष आईपी भट्टराईले गरेका थिए ।