झापा । 

झापाको गौरादह र गौरीगञ्जबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले गौरीगञ्ज–३ बाट गौरादह नगरपालिका वडा नं. ८ का २४ बर्षिय बबि राजबंशीलाई र गौरीगञ्ज गाँउपालिका वडा नं.३ का १९ बर्षिय संन्जिब रौनियारलाई पक्राउ गरेको हो । 

राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने सानो प्लाष्टिकमा २ प्याकेट अं ७०० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिएको हो । राजवंशीलाई सोधपुछ गर्दा रौनियारसँगै खरिद गरेर ल्याएको खुलेपछि उक्त स्थानमा प्रहरी टोली खोजतलास गर्दाअन्दाजी १ केजी ९२० ग्राम थप फेला परेकोले प्रहरीले जनाएको छ । 

गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।