बिर्तामोड ।
बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित पौरखी टोल रोड नम्बर २ सडकको अनुगमन गरिएको छ । नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सडकको अनुगमन गरेका हुन् ।
यस सडकमा पेवर्स लगाइएको छ । नगरपालिकाको योजनाबाट १३ लाख र उपभोक्ता मार्फत संकलन गरिएको २ लाख ६० हजार गरि कुल १५ लाख ६० हजार रुपैयाँको योजना अनुसार यहाँ पेवर्स लगाइएको हो । यस रकमबाट जम्मा २ सय २७ मिटर सडकमा पेवर्स लगाइएको र अझै ८५ मिटर सडकमा लगाउन बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष कमल बहादुर बस्नेतले जानकारी दिए।
पेवर्स लगाएपछि यहाँका स्थानीयलाई आवत जावतमा सहज भएको छ । उपभोक्ता समिति मार्फत सडकमा पेर्वस ओछ्याउनका लागि बस्नेतको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको थियो ।