मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका-१५ बैङ्क रोड स्थितबाट अवैधरुपमा राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

गत सुक्रवार राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ कि सरिता मिश्राको डेरा कोठामा राजश्व छलि गरी अबैध रूपमा लुकाई छिपाई राखेको अवस्थामा मरिच ७ सय २० किलो ग्राम (२४ बोरा), मसला ३ सय ५० प्याकेट र नरिवल ३० किलो ग्राम बरामद गरेको हो ।

बरामद गरिएका करिव ७ लाख ७० हजार ६ सय बरावरको अवैध खाद्य सामग्रीहरू र सरिता मिश्रा समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय टहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।