बिराटनगर।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–९ सुनसरीका ६१ बर्षीय लक्ष्मण शाक्य रहेका छन् । सवारी ज्यान मुद्दामा जिल्ला अदालत धनकुटाको मिति २०४९/०७/१८ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष कैद र ५ सय रुपैया जरिवाना भई फरार रहेका शाक्यलाई खोजतलासको क्रममा गाँउघरमा नै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका शाक्यलाई सुनसरी जिल्ला अदालत इनरुवामा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको प्रहरीले जनाएको छ ।