मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१८ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बिराटनगरतर्फ आउँदै गरेको NL 02 G 8952 नम्बरको फलाम बोकेको टे«लर गाडीले बिपरीत दिशातर्फ जाँदै गरेको मे १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बिराटनगर भञ्सार कार्यालय सेक्युरीटी गार्डमा कार्यरत मेची नगरपालिका–१३ झापाका ४४ बर्षीय राजेन गिरीको घटना स्थलमै नै मृत्यु भएको हो ।

घटना स्थलमा तत्काल इलाका प्रहरी कार्यालय रानीको प्रहरी निरीक्षकको टोलीले मृतक लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको र घटना सम्बन्धमा  थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।