सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाको आयोजना र महिला तथा बालबालबालिका शाखाको संयोजनमा अपङ्गता भएका ब्यक्तिहरुलाई बोल्ने भाषा र हेर्ने दृष्टिकोण परिवर्तन गर्ने उदेश्यले एकदिने अपङ्गता सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । कनकाई नगरको सभाहलमा आइतवार (आज) अपङ्गता अधिकार, ऐन र नियमावली सम्बन्धि जनप्रतिनिधिहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हो ।
कनकाई नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन नगरकी महिला तथा बालबालबालिका शाखा प्रमुख टीका खतिवडाले गरेकी थिइन् । अभिमुखीकरण कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश नं. १ का अध्यक्ष नबिनचन्द्र ढुङ्गेलले गरेका थिए । उनले अपङ्गताका अधिकार, ऐन र नियमावली सम्बन्धि उपस्थितलाई जानकारी दिदै अपङ्गताका प्रकार र त्यसका बारेमा स्पष्ट पारेका थिए ।
उद्घाटन कार्यक्रमको सञ्चालन महिला तथा बालबालबालिका शाखा प्रमुख खतिवडाले गरेकी थिइन् । अभिमुखिकरण कार्यक्रममार्फत अपङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण र बोल्ने भाषामा परिवर्तन साथै उनीहरुका अधिकार सुरक्षित गर्ने उदेश्य रहेको खतिवडाले जानकारी दिइन् ।
अभिमुखीकरण कार्यक्रममा कनकाई १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, २ का वडाध्यक्ष प्रताप राई, ३ का वडाध्यक्ष युवराज चम्लागाई, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, नेत्रहीन संघ झापा अध्यक्ष सिर्जना बराल, समावेशी अपङ्गता संस्था कनकाई नगर अध्यक्ष पुष्पलाल घिमिरे, नगरका कार्यपालिका सदस्य, प्रत्येक वडाका वडासदस्य, नगरका कर्मचारीलगायतको सहभागीता रहेको थियो ।