काँकरभिट्टा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ स्थित गैरीगाउँबाट प्रहरीले एक लाख १२ हजार रुपैयाँ बराबरको अवैध सामान पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको १ लाख १२ हजार रुपैयाँको सामाग्री नियन्त्रणमा लिएको हो ।
प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको कपडा, झोला र बिभिन्न पुजामा प्रयोग हुने सामानहरु बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।