झापा । 

ताप्लेजुङ झापा सरोकार समाजको शनिवार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । धनुषकोटी धाममा आयोजित साधारणसभा, अधिवेशन तथा बनभोज कार्यक्रमबाट होमप्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । काफ्ले तेस्रो पटक अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्षत्रयमा विक्रम मादेन, शिव खरेल र राधा पोखरेल रहेका छन् । समितिको सचिवमा उमानाथ प्याकुरेल, सहसचिवमा ढाँचाराज कडरिया र कोषाध्यक्षमा देवराज तामाङ ९पदम० रहेका छन् ।

समितिको सदस्य पूर्णकुमार थापा, शिवराज पौडेल, सन्तोष बराल, लक्ष्मी अधिकारी, राकेश अग्रवाल, रमेश पुरी, इन्द्रमणी थापा, नवीन सिटौला, पूर्ण कार्की, देवी अधिकारी रहेको निर्वाचन समिति संयोजक नारायण चौलागाईले जानकारी दिए ।

यसअधि संस्थाको बार्षिक साधारणसभामा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाको प्रतिवेदन अध्यक्ष काफ्ले र कोषाध्यक्ष पदमबहादुर तामाङ (पदम) ले प्रस्तुत गरेको कोषको प्रतिवेदन सर्व सम्मतले पारित भएको थियो । संस्थाका सचिव रेजिना गौतमको सञ्चालन तथा उपाध्यक्ष विक्रम मादेनले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, विशेषा अतिथिद्वय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्र न्यौपाने र पूर्व मन्त्री खगेन्द्र प्रसाईंले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा आयोजित नृत्य तथा गायन प्रतियोगिता अन्तरगत नृत्यतर्फ दुर्गा पौडेल प्रथम, राधा डाँगी दोस्रो र हरि चुडाल तेस्रो भएका थिए ।